Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते

गण्डकी प्रदेश स्थित कास्कीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य आठ यात्रु घाइते भएका छन् ।
पोखरा-बागलुङ सडकखण्डमा आज बस दुर्घटना पाल्पा घर भएका चालक ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

घाइते यात्रुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते हुनेमा बागलुङ नगरपालिका–६ लहरेपीपलका २९ वर्षीय शिवराम शर्मा, बागलुङ ठुलढुङ्गाका ४८ वर्षीया कृष्ण खड्का, बागलुङ नगरपालिका-१४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ, उनका बुबा ८५ वर्षीय उमलाल श्रेष्ठ, बागलुङ नगरपालिका-२ का ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका-४ का ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महानगरपालिका-३ की साधना उपाध्याय र अन्नपूर्ण गाउँपालिका-३ पाउदुरका माया विक छन् ।

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्