Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब कोरोनाविरुद्धको खोप नलगाएका नागरिक भारत जान नपाउने

छिमेकी मुलुक भारतमा कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिकलाई मात्र प्रवेश गर्न पाउने भएका छन् । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

भारत र नेपालका दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न पाउने स्वास्थ्य सचिव डा. पोखरेलले बताए ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्