Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनामा घाइते भई ट्रमा सेन्टरमा उपचाररत डा. दीपक खरेलको निधन

राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा दुर्घटनामा घाइते भई उपचारत डा दीपक खरेलको निधन भएको छ।ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद जोशीले डा खरेलको आज विहान ८ बजेर २३ मिनेट जाँदा निधन भएको जानकारी दिए।

डा खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको  मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो।

आर्थिक स्थिति कमजोर भएका कारण उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको हो।ट्रमा सेन्टरमा उनको न्यूरो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो ।

डा खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए।

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्