Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदै छन् । आज बस्ने प्रदेशसभा बैठकमा मख्यमनत्री राइले विश्वासको मत लिन लागेका हुन् ।बैठक आज दिउँसो ११ः३० बजे बस्ने संसद सचिवालयले जनाएको छ।

हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो ।

हिजो नेत्र विक्रम चन्द (विप्लव)ले मुल्यबृद्धिको बिरोधका लागि गरेको नेपाल बन्दका कारण बैठकमा सांसदहरू सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगनको माग गरेको थियो ।

प्रदेशसभामा ९३ सदस्य रहेको रहेका छन् । पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईलाई बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्