Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने पर्यटनमन्त्री आलेको घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक तथा बाह्य विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्।

केही दिन पहिले पनि मन्त्री आलेले आन्तरिक विमानस्थलमा पुगेर यात्रुहरुले पाएको सास्ती हेरेर गोल्डेन गेटसम्म माईक्रो सञ्चालन गर्ने भन्दै उद्घाटन गरेर आएका थिए ।

उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए।पछिल्लो समय मन्त्री आले एक्शन–ओरियन्टेड मन्त्रीको रुपमा परिचित छन् ।

जनतालाई कुनैपनि हालतमा सास्ती हुन नहुने उनको भनाई रहँदै आएको छ ।

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्