Logo
१५ चैत्र २०८०, बिहीबार
(November 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुत्ने कोठामा यस्ता बस्तु राख्दा हुन्छ दाम्पत्य सुख जान्नुहोस् !

अहिलेको बदलिदो समयसँगै विवाहमा अनेक समस्या सृजना हुँदै गइरहेको छ । त्यसैले यदी तपाईले विवाहित जीवनमा खुशी चाहनुहुन्छ भने ध्यान राख्नुहोस् कि शयनकक्ष हावा बहने र शान्त हुनुपर्छ ।

कोठामा भइरहेको कुराकानीको आवाज बाहिर जाने खालको नबनाउनुहोस् । यसले विवाहित जीवनमा मिठास ल्याउँदैन । शयन कक्षको वास्तुकलाको बारेमा केही जानकारी दिन गइरहेका छौ ।

सुत्ने कोठा घरको सबैभन्दा महत्वपूर्ण अंश हो । यहाँ राखिएको सबै कुराले विवाहित जीवनमा प्रभाव पार्छ । जस्तै फोटो, फूलको भाँडो, पलंग आदि ।

शयन कक्षमा श्रीमान् र श्रीमतीलेसँगै आफ्नो हँसिलो फोटो राख्ने गर्छन् । तर फोटो आफू सुत्ने खाटको खुट्टापट्टि नराख्नुहोस् ।

-रोमान्स र गोपनीयता कायम राख्नको लागि ध्यान दिनुहोस् कि शयनकक्षको झ्याल अर्को कोठासँग राख्नु हुन्न ।

-शयनकक्षमा हल्का गुलाबी रंगको किरण पर्दा दम्पतीहरूमा प्रेमभाव जाग्छ भन्ने मान्यता छ ।
-हरेक अमावश्यामा कालो तिललाई उत्तर(पश्चिम कुनामा सजाएर राख्नुहोस् ।

-वास्तुका अनुसार जहिले पनि आफ्नो टाउको दक्षिण वा पूर्व दिशामा पारेर सुत्नुहोस्, ताकि पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार तपाईं लामो र गहिरो निद्रा पाउन सक्नुहुनेछ । आरामदायी र पूर्ण निद्राले विवाहित जीवनलाई अझ रमाइलो बनाउँछ ।

-मनी प्लान्टहरू आपसी प्रेम र शयनकक्षको सौन्दर्यको लागि पनि रोपिएका हुन्छन् । मनी प्लान्ट रोपेपछि पतिपत्नीबीचको सम्बन्ध मीठो हुन्छ भन्ने मान्यता वास्तु शास्त्रमा पाइन्छ ।

-यदि तपाईं शयनकक्षमा स्नानागार राख्न चाहनुहुन्छ भने यसलाई दक्षिण पूर्व कोणमा निर्माण गर्नुहोस् । यदि यो सम्भव छैन भने उत्तर-पश्चिम कुनामा पनि निर्माण गर्न सकिन्छ ।

-यदि कोठामा ड्रेसिंग टेबल छ भने सावधान हुनुहोस्, तपाईंको प्रतिबिम्ब ऐनामा नपरोस् । ऐनालाई ढाक्नुहोस् ।

-पत्नी श्रीमानको देब्रेपट्टि सुत्नु राम्रो हुन्छ ।

-बेडरूममा मन्द प्रकाशको व्यवस्था गर्नुपर्छ । तर प्रकाश सिधा ओछ्यानमा पार्नु हुँदैन ।

-ओछ्यानमा मयुरको प्वाँख राख्नुहोस् ।

–वास्तुका अनुसार शयनकक्षमा स्नानगृह हुनु हुँदैन किनभने दुवै व्यक्तिको ऊर्जाको आपसी आदानप्रदान स्वास्थ्यको लागि राम्रो हुँदैन ।

-यदि तपाईंको आर्थिक अवस्था राम्रो छैन र वैवाहिक जीवनमा खुसी हुनुहुन्न क्रिस्टललाई चामलको दानासँग मिसाएर शयन कक्षमा राख्नुहोस् ।

-वास्तुशास्त्र अनुसार सुत्ने कोठामा पूजा स्थल बनाउनु वा देवीदेवताहरूको चित्र राख्नु ठीक हुँदैन । राख्नै चाहनुहुन्छ भने राधा–कृष्णको तस्वीर बेडरूमको शिरपट्टिको भागमा राख्न सक्नुहुन्छ ।

– कहिलेकाँही शयनकक्षको विन्डोबाट नकारात्मक चीजहरू देख्न सकिन्छ, जस्तै सुख्खा रूखहरू, कारखाना चिम्नीबाट धुवाँ आएकोे आदि । त्यस्ता दृश्यहरूबाट जोगिन झ्यालमा पर्दा राख्नुहोस् ।

-तामा र पितलको सिक्का रातो कपडाको झोलामा राख्नुहोस्।

– सुगन्धित मैनबत्तीहरू राख्नुहोस् ।

गर्न नहुने कार्य

– टुक्रिएको गिलास कोठामा नराख्नुहोस् ।

– बेडरूममा ऐना नराख्नुहोस्।

-ओछ्यान ढोका अगाडि हुनुहुँदैन । यदि छ भने उत्तर-पश्चिम कुनामा पिरामिड मुनि कोरल स्टोन राख्नुहोस् ।

– बेडरूम उत्तर दिशामा हुनुहुन्न ।

– कैंची वा आइरन जस्ता कुरालाई ओछ्यानबाट टाढा राख्नुहोस् । शयनकक्षमा पानीको तस्वीरवाला पेन्टिङ नराख्नुहोस् ।

-बेडरूमको ढोका खोल्दा वा बन्द गर्दा कुनै प्रकारको आवाज आउनु हुँदैन ।

-खराब एयर कन्डिसनर वा फ्यान जस्ता सामग्रीहरु जसबाट आवाज आउँछ, यसलाई तुरुन्तै अन्यत्र सार्नुहोस् । यस कारणले दम्पतीको सम्बन्धमा समस्या आउन सक्छ ।एजेन्सी पत्रपत्रिका

 

प्रकाशित मिति: Nov 11, 2021

प्रतिक्रिया दिनुहोस्