Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतमा कानुनी व्यवसायी र प्रहरीबिच झडप हुँदा ६ जना घाइते

कानुनी व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरीरहेको बेलामा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते भएका छन् ।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बारले जनाएको छ ।

प्रहरीको लाठी चार्जबाट उनीहरू घाइते भएको बताइएको छ ।मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि अदालत परिसरमा अहिले वकिल र प्रहरीबिच घम्साघम्सी भएको हो ।

भिड नियन्त्रणका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएको छ ।कानुनी व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति: Nov 11, 2021

प्रतिक्रिया दिनुहोस्