Logo
१५ बैशाख २०८१, शनिबार
(November 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीका मुख्यमन्त्री पाण्डेले आज मन्त्रिमण्डल विस्तार गर्दै

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । कार्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थप गर्दै छन् ।

माओवादी केन्द्रका तर्फबाट शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र काँग्रेसका निमा लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुहुने काँग्रेसका एक प्रदेश सभाका सदस्यले जानकारी दिए ।

मन्त्रीमा नियुक्तसँगै साँझ ५ बजे सपथग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Nov 11, 2021

प्रतिक्रिया दिनुहोस्