Logo
२२ बैशाख २०८१, शनिबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले गर्यो थप एक करोड कोरोना खोप खरिद गर्ने निर्णय

सरकारले एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ ।सरकारले ६० लाख डोज फाइजर र ४० लाख डोज मोडर्ना खोप खरिदका लागि स्वीकृति दिएको हो ।

हिजो सोमबारको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदका लागि गरेको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको हो ।

१२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने एक करोड खोप ल्याइने निश्चित भएको छ । यसअघि सरकारले फाइजर र मोर्डना खोप किन्‍न प्रक्रिया अगाडि बढाएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले यसअघि एक करोड खोप खरिदका सुनिश्चित भइसकेको ईकागजलाई बताए । उनले खोप खरिद गर्न मन्त्रिपरिषले पास गर्नुपर्ने भएकाले खरिद गर्न स्वीकृत प्रदान गरेको हो ।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।

सरकारले खोप खरिद गर्न ‘जी टु जी’माध्यमबाट रकम भुक्तानी गर्नेछ । खोप खरिद गर्ने सम्पूर्ण अधिकार स्वास्थ्य सेवा विभाका डिजीलाई अधिकार प्रदान गरिसकेको उनको भनाइ छ ।

खोप खरिद गर्न कम्पनीको प्रतिनिधिसँग सम्झौता हुन लागेको मन्त्री खतिवडाले जानकारी दिए । सम्झौता भएको मितिदेखि एकदेखि दुई महिना भित्रमा खोप ल्याइ सकिन्छ,’ उनले भने ।

कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध उक्त फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । उ

क्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ  । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

सरकारले कोभिसिल्ड र भेरोसेल खोप मात्र खरिद गरेको छ । एस्ट्राजनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्स अन्तर्गत अनुदानमा प्राप्त गरेको छ ।

खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्