Logo
२२ बैशाख २०८१, शनिबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनद्वारा नेपाली सेनालाई ३ लाख डोज कोरोना खोपसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

चीनले चीनद्वारा नेपाली सेनालाई ३ लाख डोज कोरोना खोपसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज कोभिड-१९ को खोप  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

प्रेस विज्ञप्ति मा भनिएको छ, ‘ यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ ।’

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्