Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब यति एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय चार्टर उडान भर्ने

अब यति एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय चार्टर उडान भर्ने भएको छ ।एयरलाइन्सले स्वदेशीसँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ ।

योसँगै अब यति एयरलाइन्सले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न पाउने भएको हो ।

अन्तर्राष्ट्रिय उडानका लागी सबै तयारी पूरा भएको र अब जुनसुकै समयमा पनि तोकिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: Nov 4, 2021

प्रतिक्रिया दिनुहोस्