Logo
२२ बैशाख २०८१, शनिबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई अनुदानमा दिएको थप १६ लाख डोज खोप चीनद्वारा हस्तान्तरण

चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपको १६ लाख डोज आज नेपाल आइपुगेको छ।

चीनले अनुदानमा उपलब्ध गराएको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्रालयमा बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई हस्तान्तरण गरेकी हुन्।

चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ ।

जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरूआउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी गराए ।

त्यसैगरी कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए।

राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन्।स्वास्थ सचिव रोशन पोखरेल चीनले नेपालको महामारी नियन्त्रणमा सहयोग गरेकाले धन्यवाद दिँदै अन्य सहयोग प्राप्त गर्नेमा आशाबादी रहेको बताए।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्