Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीले तोके १५ जना न्यायाधीशको आजको लागि इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ जना न्यायाधीशहरुका लागि आज इजलास तोकेका छन् ।
जबराले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोकेका हुन् ।

कुल ९ वटा इजलासमा उनले ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै तोकेका छन् ।सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबराले आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए ।

एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राखेका छैनन् ।

मंगलबार बैंकिङ कसुरको मुद्दा पेसीमा चढेपछि न्यायाधीशहरूले कुनै पनि मुद्दा सुनुवाइ गरेनन् । त्यसैले बुधबार आज प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा तोकेनन् ।

भोलि बिहीबारदेखि ४ दिन तिहारको सार्वजनिक बिदा हुने छ ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्