Logo
२२ बैशाख २०८१, शनिबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत पुगेका छन् ।

सुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा खाँण सुर्खेतमा आइपुगेका हुन्।

मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनः निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तर्क्रियासमेत गर्नेछन् ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिरोको घटनामा परी ठुलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरे ।

गृहमन्त्रीका साथ ती जिल्लाका सांसद, पूर्व मन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्