Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा हो : ओमप्रकाश अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका छन् ।

सर्वोच्च सदालत परिसरमा आज मंगलबार तेस्रो दिनको विरोध कार्यक्रमलाई सम्बोधन गर्दैे सो कुरा बताएका हुन् । साथै अधिवक्ता अर्यालले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए प्रतिवाद गर्ने बताए ।

राजीनामा बाहेक अन्य विकल्प नभएको अधिवक्ता अर्यालको भनाइ छ ।यसैगरी अधिवक्ता बालकृष्ण ढकालले प्रधानन्यायाधीश जबरा जति समय पदमा बस्यो, न्यायपालिका त्यति नै क्षयीकरण हुने बताए ।

उनले भने , ‘तपाईँ जति समय बस्ने हो, न्यायपालिका त्यति क्षयीकरण हुने हो । चाँडोभन्दा चाँडो निकास निकाल्नुस् । सम्मानित तरिकाले बहिर्गमित हुनुस् ।’ राजीनामा नदिए सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सक्ने उनले चेतावनी दिए ।

प्रकाशित मिति: Nov 2, 2021

प्रतिक्रिया दिनुहोस्