Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आचार्यले राजिनामा दिएपछि प्रदेश प्रमुखले गरे मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्