Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मन्त्री तथा प्रदेश कमिटी हेरफेरका लागि जसपाका शीर्ष नेताहरु पुगे जनकपुरमा

प्रदेश नं २ मा मन्त्री तथा प्रदेश कमिटी हेरफेरका लागि जसपाका शीर्ष नेताहरु जनकपुरमा पुगेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसहित जसपाका शीर्ष नेताहरु आज जनकपुरमा पुगेका छन् ।

आज जसपा प्रदेश २ समितिलाई पूर्णता दिन बैठक बसेको हो ।अध्यक्ष यादवसहित जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव, कार्यकारिणी सदस्य राजकिशोर यादवलगायतका नेताहरु सम्मिलित बैठक जनकपुरमा बसिरहेको छ ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि बनेको जसपाले प्रदेश समिति समायोजन गर्दा कात्तिक १५ गतेसम्मका लागि तदर्थ समिति बनाएको थियो ।

यसअघि जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का अर्थमन्त्री विजय यादव प्रदेश समितिको अध्यक्ष थिए । प्रदेश कमिटी हेरफेर गर्ने भएपछि उनले असोज २४ गते नै अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

जसपा प्रदेश २ का प्रदेशसभा सदस्य रामअषिश यादवले प्रदेश समितिको बारेमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बसेको बताए । प्रदेश २ समितिमा कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा शीर्ष नेताहरुले नै निर्णय गर्ने उनको भनाइ छ ।

उनले राजीनामा दिए पनि तत्कालका लागि जसपा प्रदेश २ को तदर्थ समिति गठन गरी कात्तिक १५ गतेसम्मका लागि उनलाई अध्यक्षकै जिम्मेवारी दिइएको थियो ।

उनले जसपा प्रदेश २ को अध्यक्षमा बस्ने इच्छा देखाएका छैनन् । पार्टीले आफूलाई हटाउने तयारी गरिरहेको थाहा पाएर उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

 

 

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्