Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुरजी संविधानत प्रधानमन्त्री बन्नु भएको हो यसमा सेटिङको कुरा छैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा सेटिङमा भएको भन्ने गलत भनाइ रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले संविधानको ब्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको  र सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताएका हुन् ।

शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भने, ‘उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।’

असार २८ गते सर्वोच्चको परमादेश पछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए । तर संवैधानिक परिषदमा भने सेटिङ भएका भन्दै त्यसको खोजी नीति हुनैपर्ने उनको भनाइ थियो ।

उनले मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने बताए ।यस्तै वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने पौडेलले बताए ।

उनले भने, संविधान बनाउँदा केही कुरा छुटेको छ । त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार भएको हो । तर एमालेले मानेन ।

जनकपुरमा मधेसको प्रतिनिधि उपेन्द्र यादवसँग आफूले सम्झौता गरेपछि मुलुकमा संविधानसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको पौडेलको भनाइ थियो ।

नेपालले एउटा व्यवस्थाको टुंगो नलाग्नु विकासको बाँधा भएका भन्दै उनले संसदीय लोकतन्त्र नै समावेशी व्यवस्था भएको बताए । यस्तै पौडेलले अब कार्यतालिकामा तलमाथि हुने भन्दै मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुने बताए ।

पौडेलले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार भएको भन्दै १४ औंमा पनि आफू स्वभाविक उम्मेदवार रहेको बताए ।

 

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्