Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज फैसला नहुने

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा.बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज आज नहुने भएको छ ।

बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका लागि मिति तय गरिएको आज न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले नहुने भएको हो ।

सर्वोच्च अदालतले गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले बहस नोटसमेत मगाउने गरी अन्तिम सुनुवाइका लागि आज तोकेको थियो ।

न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेकाले आजको निर्णय सुनाउने पेशी स्थगित हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मन्त्रिपरिषदबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णयमा कारबाही गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

तर तत्कालीन मन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी लगायत विरुद्ध मुद्दा दायर गरेको थियो ।त्यही मन्त्रिपरिषदबाट भएका निर्णयमा अनुसन्धान नहुने तर विभागीय मन्त्रीलाई मुद्दा दायर गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्