Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशसभा बैठक आज, एमाले उपस्थित हुन नसक्ने

आज बागमती प्रदेशसभाको बैठक बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ ।

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो ।गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल र मत विभाजन हुने तय भए पनि एमालेले प्रदेशसभाको बैठक सार्न भन्दै सभामुखलाई पत्र पठाएको छ ।​

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्