Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले भने : ‘एमसिसीलाई करेक्सन गर्न अमेरिका तयार छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका एमसिसीमा करेक्सन गर्न तयार रहेको बताएका छन् ।

सरकार गठनको सय दिन पुगेको अवसरमा आज सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने, ‘एमसिसी विशुद्ध नेपालको हितमा छ । त्यही पनि एमसिसीमा करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ । अमेरिकाले नेपालको कानूनभन्दा माथिको होइन भनेर भनिसकेको छ ।’

प्रधानमन्त्री देउवाले एमसिसी नेपालको हितमा भएकाले चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताए । तर, गत महिना नेपाल भ्रमणमा आएकी एमसिसी उपाध्यक्ष फतिमा सुमारले एमसिसीमा संशोधन हुन नसक्ने बताएकी थिइन् ।

केही तत्त्वले एमसिसी अनुमोदनमा बखेडा झिकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री देउवाले एमसिसी ऋण नभएर अनुदान रहेको स्पष्ट पारे ।

भारत र चीनसँगको सम्बन्ध राम्रो हुनु नै राष्ट्रिय हितमा रहेको बताउँदै प्रधानमन्त्री देउवाले दुवै मुलुकसँग सम्बन्ध राम्रो राख्नु नेपालको आवश्यकता रहेको समेत बताए ।

देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात् आज सय दिन पुरा भएको छ ।

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्