Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

लुम्बिनी प्रदेशस्थित रुपन्देही जिल्ला अन्तर्गत बुटवलको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका- १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

औद्योगिक क्षेत्रमा भएको झडपमा गोली चल्दा २ जना घाइते भएका थिए ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्