Logo
१५ बैशाख २०८१, शनिबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासचिवमा दोहोरिन्न, ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न : ईश्वर पोखरेल

नेकपा एमालेको आउँदो महाधिवेशनमा आफू महासचिव पदमा नदोहोरिने एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पोखरेलले विधानले पनि नमिल्ने र तेस्रो पटक महासचिव पदमा उम्मेदवार पनि नबन्ने प्रस्ट पारे ।

गठबन्धन एकातिर र अध्यक्ष ओली एकातिर रहेको भन्दै उनले भने, ‘ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न । हामी सहमतिमा नेतृत्व छान्छौँ ।’

मुलुकको राजनीति अहिले केपी ओली र ओली विरोधी धारमा बाँडिएको पनि उनले सुनाए । यसै गरी उनले अध्यक्ष केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी पनि नगर्ने पनि बताए ।

मन्त्रिपरिषद्मा अदालतको समेत भागबन्डा रहेको विषयले परमादेशबाट बनेको सरकारको नियत प्रस्ट भएको उनको भनाइ थियो ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्