Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाको जिल्ला अधिवेशन समय कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय

file photo

राप्रपाले फेरि जिल्ला अधिवेशन कार्यतालिका हेरफेर गरेको छ ।

पार्टी अध्यक्षहरु डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद पछिल्लो समय थप गरेको थियो । तर सो अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म र ७ वटै प्रदेश कार्य समितिको अधिवेशन गर्न कार्तिक २३ गतेसम्म समय थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी बैठकले सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र निमित्त प्रमुख राजेन्द्र गुरुङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश २ का साथै भक्तपुर र पाँचथर जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १५ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १७ गतेसम्म र जिल्ला अधिवेशन २०७८ कार्तिक २३ गतेसम्म निर्णय पनि बैठकले गरेको छ । परिमार्जित महाधिवेशन कार्यतालिका कार्तिक १ बाट लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाको कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन तय गरिएको छ । हाल पार्टीले महाधिवेशन नसारेको भएपनि सो समयमा महाधिवेशन हुन नसकेको निष्कर्ष निकाल्दै केही समय पर सार्नेगरी छलफल भइरहेको छ ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्