Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंसहित ७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन

नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा वडा अधिवेशन हुँदै छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज राजधानी काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुन लागेको हो ।

बाँकी १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो छैन । मोरङमा आज वडा अधिवेशन हुने भनिएपनि एउटा पक्ष अदालत पुगेको छ ।

सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै रिट दिएको हो ।गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो ।

बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भनिएपनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ ।समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँरनगर अधिवेशन प्रभावित हुने भएको छ ।

वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँरनगर अधिवेशनका मतदाता हुन्छन् । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्