Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना साइकलयात्रीको मृत्युु भएको छ ।

सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार एम्बुुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।

पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका (५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुुर्घटनापछि स्थानीयले पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् । उनीहरुले टायर बालेर प्रर्दशनसमेत गरेका छन् ।

साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्