Logo
१५ बैशाख २०८१, शनिबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु, तीन जना घाइते

जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ । भने उक्त घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ को झौलेक नजिक आज बिहान २ः३० बजेतिर कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुङ्गा लागेको हो ।

मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् । अर्जुनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

यस्तै ढुङ्गा लागेर घाइते हुनेमा बझाङकै जयपृथ्वी नगरपालिका-११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका-४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । शव घटनास्थलमै रहेको छ । बसमा सवार अन्य यात्रु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनापश्चात् राजमार्ग केही घण्टा अवरुद्ध रहेको भए पनि अहिले भने सञ्चालनमा आएको छ ।रासस

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्