Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्