मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । । बैठक मंगलबार ३ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बस्ने भएको हो ।
सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको एक नेताले बताएका छन् ।
साथै बैठकमा सदनमा भइरहेको अवरोधबारे पनि छलफल हुनेछ ।