Logo
२२ बैशाख २०८१, शनिबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले कार्यकर्तालाई सम्बोधन गर्न ओली आज झापा जाँदै

झापाका नेकपा एमालेका कार्यकर्तालाई सम्बोधन गर्न  एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जिल्ला जाँदै छन् ।
ओली मंगलबार आफू निर्वाचित भएको जिल्ला झापाको बिर्तामोडमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन झापा जान लागेका हुन् ।

दिउँसो १ बजे उनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्