Logo
२२ बैशाख २०८१, शनिबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेलाई सम्वादमा ल्याएर अर्को बैठक बोलाउन सभामुखलाई दलहरुको आग्रह

नेकपा एमालेलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सभामुखलाई संसदीय दलहरुको दलहरुले आग्रह गरेका छन् ।

एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।

बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’

सभामुख सापकोटाले भने आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए ।कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सम्वाद सुनाएका थिए । दलका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनले बताएका थिए ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्