एमसिसीको विरोधमा नेकपा विप्लव समूहको काठमाडौंमा प्रदर्शन
नेकपा विप्लव समूहले एमसिसी सम्झौताको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।
सडक र विद्युत् प्रसारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसिसी सम्झौता गरेको थियो ।
उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।