Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा काठ तस्कर र प्रहरीबीच झडप हुँदा ३ राउण्ड हवाई फायर

प्रदेश नं २ स्थित पर्सामा जील्लामा प्रहरी र काठ तस्करबीच झडप हुँदा ३ राउण्ड हवाई फायर भएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित फरहदवामा सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरूलाई रोकेर नियन्त्रणमा लिन खोज्दा सोमबार बिहान करिब ४ बजे झडप भएको प्रहरीले जनाएको छ।

प्रहरीको संख्या कम देखेर ४ जना मोटरसाइकलमा सवार भएका ८ जना तस्करको समूहले ढुंगामुढा र लाठीसहित प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले हवाई फायर गरेका थिए।

पर्सा प्रहरीका अनुसार तस्करी हुन लागेको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट दुई जना सादा पोशाकका प्रहरी खटिएका थिए।प्रहरीले आत्मरक्षाका लागि ३ राउण्ड हवाई फायर गर्दा तस्कर फरार भएको प्रहरीले बताए।

 

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्