Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा आज एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाइ

नेकपा एमाले अध्यक्ष केपी ओलीले दायर गरेको तीन रिटमध्ये दुई वटाको सुनुवाइ आज हुने भएको छ।

ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरूलगायतलाई विपक्षी बनाउँदै १७ भदौमा सर्वोच्च अदालतमा तीन वटा छुट्टाछुट्टै रिट रिट दायर गरेका थिए।

ओलीले एकीकृत समाजवादी दर्ता बदर हुनुपर्ने मागसहित दायर गरेको रिटमाथि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। साथै लुम्बिनी प्रदेश सभाका दुई सदस्य विमला वली र अजय शाहीलाई पदमुक्त गरिनुपर्ने पनि अध्यक्ष ओलीको माग छ।

जसमाथि सुनुवाइ गर्दै एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने जनाइएको थियो भने अन्य दुई रिटमाथि दुवै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने आदेश भएको थियो ।

आज यी दुवै विषयमाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा सर्वोच्चले निर्णय गर्नेछ।भदौ २२ मा सर्वोच्चले तीन वटै रिटमाथि तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुई वटा रिटमाथि भने छलफलका लागि दुवै पक्षलाई डाकेको बोलाएको थियो।

 

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्