Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको बताएका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमा ट्विटरमार्फत सो धारणा सार्वजनिक गरेका हुन् ।प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन् ।

पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतङ्क फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजाय भोग्दै आएका थिए । जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा हिजो (शनिबार) उनको निधन भएको थियो ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्