Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारी टोली हुम्ला पुग्यो

चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले बनाएको अध्ययन टोली हुम्लाको सिमकोट पुगेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले नेतृत्व गरेको सात सदस्यीय टोली हिजोशनिबार हुम्ला पुगेको हो ।

टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमा स्तभमध्ये १३ वटा सीमा स्तम्भको अध्ययन गर्ने बताईएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।

गत वर्ष हुम्लाको नाम्खा गाउँपालिका-६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो ।

ओली सरकारको निर्णायमा असहमती जनाउँदै देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सीमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिती बनाएको हो ।

तर तत्कालिन ओली सरकारले चीनले बनाएका संरचना उसकै भूमिमा परेको र नेपालको सीमा नमिचिएको दावी गरेको थियो ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्