Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनको बैठक आज, मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे छलफल हुँदै

आज सत्ता गठबन्धनका दलहरुको बैठक बस्दै छ ।

बैठक आइतबार बिहान १० बजे बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजना लगायत विषयमा छलफल हुँदै छ ।

यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए । तर, दलहरुले नाम उपलब्ध गराउन सकेका छैनन् ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्