Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानविरुद्ध मुद्दाको सुनुवाइ स्थगित, आलमको मुद्दा हेर्न नमिल्नेमा

शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएका मुद्दामध्ये नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिरुद्धको मुद्दा स्थगित भएको छ ।

यसैगरी प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको निर्णय खारेजीको माग गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दाको सुनुवाइका लागि शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेशी तोकिएमा सो पनि स्थगित भएको हो ।

कानुन व्यवसायीको अनुरोधमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चमा सुनुवाइका लागि पेशी तोकिएका मुद्दामध्ये पूर्व मन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी हेर्न नमिल्नेमा राखिएको छ ।

विस्फोटक पर्दाथ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसम्बन्धी मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएकोमा शुक्रवार हेर्न नमिल्नेमा राखिएको हो ।

२०६४ साल चैत २७ गते रौतहटमा बम विस्फोट गराई व्यक्ति हत्यामा संलग्न भएको मुद्दामा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगेकोमा पेशी सरिरहेको छ ।

यससँगै भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले भदौ ८ गते नियुक्तिसम्बन्धी मिसिल कागज झिकाउने आदेश गरेको थियो भने भदौ २० गते प्रधानन्यायाधीश जबराकै इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्