Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मन्त्रिपरिषद् बैठक, एमसिसीबारे छलफल गर्ने

file photo

मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजेर ४५ मिनेटमा बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सत्तारुढ गठबन्धनको बैठकको एजेन्डा एमसिसी भएकाले मन्त्रिपरिषद् बैठकमा पनि यसलाई महत्त्वका रुपमा हेरिएको बताइएको छ ।

काठमाडौंमा रहेकी एमसिसी उपाध्यक्ष फतिमा सुमार एमसिसीकाबारे छलफल गर्न विभिन्न दलका नेताहरुसँग भेटघाटमा गरिरहेकी छन्। आज ९ बजेको सत्तारुढ गठबन्धनको बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्