Logo
२० बैशाख २०८१, बिहीबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोका कारण मुग्लिन-नौबिसे सडक अवरुद्ध

धादिङको जोगीमारामा गएको पहिरोका कारण मुग्लिन-नौबिसे सडक अवरुद्ध भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जोगीमारामा आज बिहान ६ बजे पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

पहिरो ठूलो भएकोले हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सडक विभागको मेसिनसहतिको टोलीले पहिरो हटाउने काम गरीरहेको छ ।

पहिरोको कारण सवारी जाम भएको छ ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्