Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा आँधीपछि आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।

सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीमा परी मृत्यु भएको हो ।

न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा बस्दै आएका उनीहरुको बेसमेन्टमा पानी भरिएर मृत्यु भएको हो । सुतेको बेला डुबेर मृत्यु भएका उनीहरुको शव सुरक्षाकर्मीले बाहिर निकालेका थिए ।

उनीहरु १४ वर्षदेखि न्युयोर्कमा बस्दै आएको बताइएको छ । न्युयोर्कमा परेको अविरल वर्षाका कारण आएको बाढीले दुई दर्जन बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्