Logo
१५ बैशाख २०८१, शनिबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ जना वेपत्ता

गण्डकी प्रदेश स्थित पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ३ जना पुरिएर वेपत्ता भएका छन् ।

गएरातीको भिषण वर्षा पछि पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका ५ जना मध्ये १५ वर्षिय विमला पौडेल र ११ वर्षिय विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेको हुनाले खोजी भैरहेको पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षिय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेलको शव फेला परेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षिय ठुलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भिषण वर्षाका कारण क्षती भएको अनुमान गरिएपनि अहिले सम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्