Logo
५ जेष्ठ २०८१, शनिबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षतिबारे बुझन गृहमन्त्रीले तनहुँ, दाङ र कास्कीका सिडिओलाई गरे फोन

गण्डकी प्रदेश अन्तर्गत रहेका कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री बालकृष्ण खाणले फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् ।

कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहान भएको कार दुर्घटनाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् ।

तनहुँको भानु नगरपालिका-११ स्थित माने चौकामा सुख्खा पहिरो जाँदा दलित परिवारका १२ घर जोखिममा परेका छन् ।कास्कीको पोखरा महानगरपालिका-२० र २१ मा गएको पहिरोमा परेर ५ जनाका पाँच जनाको निधन भएको छ ।

एक जना बेपत्ता भएका छन् । दाङमा सिस्ने खोलाले ३-०१-०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका बस्ने बिमला केसी, राधा कुँवर, नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मन्त्री खाणलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्