Logo
५ जेष्ठ २०८१, शनिबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, सरकारको सहभागिताबारे छलफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भएको हो ।

सरकारको सहभागिता र सरकारका काममा केन्द्रित रहेर करिब २० मिनेट जति  छलफल भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिए पनि अझै टुङ्गो लागिसकेको छैन

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्