Logo
५ जेष्ठ २०८१, शनिबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बन

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो। अध्यक्ष ढुंगानाले छोरीका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेपछि विवादमा मुछिएका थिए।

यस्तै ,बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले यस विषयमा छानबिन गर्न छानबिन समिति समेत गठन गरेको छ। छानबिन समितिमा उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्य छानबिन समिति गठन गरेको हो।
समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर किनेपछि अर्थ मन्त्रालय र अर्थ समितिले स्पष्टीकरण सोधेको थियो।

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्