Logo
५ जेष्ठ २०८१, शनिबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा निषेधाज्ञा कायमै राख्ने निर्णय, यस्ता छन् नियमहरु !

काठमाडौं उपत्यकाकामा जारी निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निर्णय गरेका छन् । उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कायमै राखे पनि त्यसका केही प्रवाधानहरुमा भने फेरबदल गरेको छ ।प्रशासन कार्यालयहरुले यसअघि विभिन्न पटक म्याद थप गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए ।

पछिल्लो समय कोरोना संक्रमणमा केही कमी आएसँगै प्रशासनले केही छुट दिएको छ ।नयाँ व्यवस्था अनुसार सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने छ ।

यस्तै कोभिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने पनि सूचनामा बताइएको छ ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्