Logo
५ जेष्ठ २०८१, शनिबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउदैँ

एमसीसी परियोजना उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् ।

नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने बताइएको छ ।उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्नेछिन्।

यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् ।प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत उनको भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्