Logo
५ जेष्ठ २०८१, शनिबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन मन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।मन्त्री कार्कीले ओलीकै निवास बालकोटमा  पुगेर छलफल गरेका हुन् ।

कानुन मन्त्रीकार्कीले एमाले अध्यक्ष केपी ओलीसँग भेटेर संसद् अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्मका विषयमा कुराकानी गरेका छन् ।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ ।

त्यसअघि कार्कीले हिजो (मंगलबार) दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि भेटवार्ता गरेका थिए ।

अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन ।त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयक मार्फत सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ ।

सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्