Logo
५ जेष्ठ २०८१, शनिबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, ३ जना घाइते

लुम्बिनी प्रदेश स्थित अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ।उक्त घटनामा परी तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिएका छन् ।

मंगलबार बेलुकी आएको पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्