Logo
५ जेष्ठ २०८१, शनिबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगियो, फेरि अर्को बैठक बस्ने

मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

आज मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच फेरि छलफल हुने बताइएको छ । तर अर्को बैठकको समय भने तोकिसकिएको छैन ।

गठबन्धनमा रहेका दलहरुबीच शुक्रबार यता दिनहुँ जसो छलफल भइरहे पनि मन्त्रालय भागबन्डामा कुरा मिलेको छैन । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले डेढ महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्